पढाउन छाडेर शिक्षकहरू राजनीतिमा सक्रिय, कारबाही गर्ने सरकारको चेतावनी


८ आश्विन २०७८, शुक्रबार
Teacher Nepal PhFLuVO2N4

काठमाडौं, ८ असोज । सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलमा सक्रिय हुँदा पठनपाठन नै प्रभावित भएको भन्दै व्यापक जनगुनासो आएपछि सरकारले त्यस्ता शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

सामुदायिक विद्यलायमा कार्यरत शिक्षक विभिन्न राजनीतिक पार्टीका कार्यकारी पदमा रही काम गरेको तथा अधिवेशनमा सहभागी भइरहेको उजुरी प्राप्त भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । यसर्थ राजनीतिमा भाग लिन नपाउने कानुनी व्यवस्थाविपरीत राजनीतिक दलमा सक्रिय शिक्षकलाई कारबाही हुने चेतावनी शिक्षा एकाइले दिएको हो ।

शिक्षा एकाइद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘ऐन तथा नियमावलीमा भएको व्यवस्था पालना नगर्ने शिक्षकहरुलाई शिक्षा नियमावली २०५९ (संशोधनसहित) को परिच्छेद २३, नियम १३८ को उपनियम (१) बमोजिम कारबाही हुने बेहोरो सचेत गराइन्छ ।’

शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा १६ उपदफा ५ को ‘छ’ मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षकलाई नोकरीबाट हटाइने प्रावधान छ । यस्तै शिक्षा नियमावलीमा पनि ऐनमा व्यवस्था भएबमोजिम कारबाही हुने लेखिएको छ ।
हेर्नुहोस् विज्ञप्ति

e

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७