भक्तपुरबाट एकै सञ्जालका ६ लागूऔषध कारोबारी पक्राउ


८ आश्विन २०७८, शुक्रबार
pakrau fYaGBTYKMl

भक्तपुर, ८ असोज । एउटै सञ्जाल बनाएर लागूऔषध कारोबार गर्दै आएका ६ जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । उनीहरुको साथबाट मोटरसाइकल, मोवाइल र आगूऔषधसहितका सामग्री समेत बरामद भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका डिएसपी दीपक गिरीले दिएको जानकारी अनुसार भक्तपुर नगरपालिका ५ का २१ वर्षीय राजेश शाही, उनकी पत्नी १९ वर्षीया सरीता शाही, धादिङको बेनीघाट ३ घर भइ हाल काठमाडौं बुढानिलकण्ठ ७ हात्तीगौडा बस्ने ३९ वर्षीय केशव क्षेत्री, सर्लाहीको धनकौल ३ हरकठ्वा घर भएका २६ वर्षीय मोहमद शेष इन्ताज र ललितपुर महानगरपालिका १२ का २९ वर्षीय रवीन देउला पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट बागमती प्रदेश ०२–०१६ प ०१२६ नम्बरको मोटरसाइकल, मोवाइल ९ थान, सीमकार्ड १३ थान, ४६ हजार रुपैयाँ नगद र ठूलो परिणाममा लागूऔषधसहितका सामान बरामद गरिएको डिएसपी गिरीले जानकारी दिए । गएको भदौ १७ गते सुरुमा शाही दम्पती भक्तपुरको क्वाछेँबाट लागूऔषधसहति पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा उनीहरुकै सञ्जालमा रहेर लागूऔषध कारोबार गर्दै आएका बाँकी चार जना पनि पक्राउ परेका हुन् ।

उनीहरुलाई काठमाडौं र भक्तपुरका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट लागूऔषध डाइजेपाम ६७६ थान, नोपहिन ६७६ थान, फेनरागन ५८१ थान बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७