पार्टी फुटेपछि उपत्यकामा पेसाकर्मीलाई संगठित गर्दै एमाले


८ आश्विन २०७८, शुक्रबार
kp oli 2 p0IORLPOBQ

काठमाडौं, ८ असोज । नेकपा (एमाले) ले काठमाडौँ उपत्यकामा रहेका पेशाकर्मी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थीलाई पार्टीमा सङ्गठित गर्ने अभियान सुरु गरेको छ ।

पार्टी फुटेपछि एमालले विगतमा व्यवस्था नभएको उपत्यका विशेष प्रदेश कमिटी गठन गरी पेसाकर्मीहरुलाई संगठित गर्ने अभियान सुरु गरेको हो । विशेष प्रदेश कमिटी मातहत बुद्धिजीवी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थी विशेष जिल्ला कमिटी क्रियाशील छन् ।

विषेश प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्यका अनुसार पार्टीको भूगोल कमिटीमा प्रत्यक्ष आवद्ध भएर काम गर्न नमिल्ने समस्यामा रहेका पेसाकर्मीलाई विशेष जिल्ला कमिटीमा आवद्ध गर्ने अभियान सुरु गरिएको जानकारी दिए । विशेष प्रदेश कमिटीले बिहीबार पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बृहत् कार्यकर्ता भेला आयोजना गरेको थियो ।

अध्यक्ष शाक्यले सामाजिक क्षेत्रका साथै विभिन्न उत्पादनशील क्षेत्रमा समेत पार्टी कामलाई विस्तार गर्नुपर्ने आवश्यकता महसुस गरेर पेसागत, प्राविधिक, सूचना, सञ्चार, श्रम, प्रवासबाट फर्किएका श्रमिक, खेलकुद, मनोरञ्जन क्षेत्र, सुरक्षा, पर्यटन, उद्योग, व्यापार–व्यवसाय, कला, साहित्य–संस्कृतिको क्षेत्रमा समेत यस किसिमका सङ्गठनात्मक गतिविधिलाई अघि बढाइने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७