मलेसियामा बच्चा जन्माई हत्या गरेको आरोपमा नेपाली महिला पक्राउ, प्रेमी खोजिंदै


८ आश्विन २०७८, शुक्रबार
pakrau
सांकेतिक तस्विर

काठमाडौं, ८ असोज । मलेसियामा बच्चा जन्माएर हत्या गरेको आरोपमा त्यहाँको प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरेको छ । आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबुका अनुसार मलेसियाको मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर मारेको पाइएपछि ती महिलालाई पक्राउ गरिएको हो ।

कोठाभित्र कालो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा मृत शिशु फेला परेपछि २८ वर्षीय महिलालाई नियन्त्रणमा लिइएको र उनी नेपाली भएको त्यहाँको प्रहरीले जनाएको छ । तर परिचय खुलाइएको छैन । उनले आफ्ना प्रेमी पनि नेपाली नै रहेको बताएपछि प्रहरीले उनलाई पनि पक्राउ गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७