एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ राईले शुक्रबारदेखि कार्यभार सम्हाल्ने


८ आश्विन २०७८, शुक्रबार
Sudesh Khaling 03lIe7QLCN

काठमाडौँ,७ असोज । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुदेश खालिङ राईले शुक्रबारलेखि कार्यभार सम्हाल्ने भएका छन् ।

यसअघि २०७७ चैत तेस्रो सातामै खालिङलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय भएको थियो । सीईओमा खालिङलाई सञ्चालक समितिले नियुक्त गरे पनि कार्यभार सम्हाल्न प्राविधिक कारणबश ढिलाई भएको कम्पनी सचिव सुरेश चापागाईँले जनाएका छन् ।

प्राविधिक समस्याका कारण बैशाखको दोस्रो सातादेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा नायब महाप्रबन्धक डा. सन्धिर कुमारले कार्यभार सम्हाल्दै आएका थिए ।

भोलिदेखि सीईओ पदमा कार्यभार सम्हाल्न लागेका खालिङ एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ हुन् । बैंकले २५ वर्षदेखि भारतीयलाई सीइओ बनाउँदै आएको थियो । सञ्चालक समितिको बैठकले पञ्जाव नेशनल बैंकले पठाएका गजेन्द्रकुमार नेगीलाई १७ महिनामै हटाएर खालिङलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । एभरेष्ट बैंकमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी छ ।

खालिङसँग सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य, लक्ष्मी बैंक लिमिटेडको सीईओ, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा २ दशक बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७