एमाले निकट उद्योगीको संगठन जेठ २ मा फर्कियो : साँवा अध्यक्ष, महासचिवमा सापकोटा


८ आश्विन २०७८, शुक्रबार
lp sawa ra bhagirathi sapkota

काठमाडौं, ८ असोज : नेकपा (एमाले) सम्बद्ध उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ १० बुँदे अनुसार जेठ २ मा फर्किएको छ ।

दश बुँदे सहमति लागू गर्न विहीवार बसेको बैठकले एलपी साँवा लिम्बुलाई अध्यक्ष बनाउदै जेठ २ अघिको संरचना क्रियाशील गराएको हो ।

जेठ २ अघिका अध्यक्ष लक्ष्मीदास मानन्धर उमेरले ९५ पुगिसकेकाले सल्लाहकारको भूमिकामा राख्दै प्रतिनिधिसभा सदस्य समेत रहेका एलपी साँवालाई अध्यक्ष बनाइएको हो ।

वरिष्ठ उपाध्यक्षमा भीमलाल पौडेल, उपाध्यक्ष परशुराम अधिकारी, डेकनाथ गौतम, ऋषिराम खरेल,डिबि बस्नेत छन् । त्यस्तै महासचिव भगीरथ सापकोटा चयन भएका छन् भने सचिवहरुमा खोपनिधि लोहनी, गोपाल खनाल र निरज राई छन् ।

संगठनको कोषाध्यक्षमा वालकृष्ण शिवाकोटी र सहकोषाध्यक्षमा शंकर नेपाल चयन भएका छन् । बैठकले २५१ सदस्यीय केन्द्रीय समिति, १०१ सदस्यीय स्थायी समिति र १०० सदस्यीय केन्द्रीय परिषद गठन गरेको अध्यक्ष लिम्बुले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७