समाज कल्याण परिषदका पदाधिकारीले दिए सामुहिक राजीनामा


८ आश्विन २०७८, शुक्रबार
Samaj kalyan Social welfare

काठमाडौं, ८ असोज । समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले सामुहिक राजीनामा दिएका छन् । परिषदका पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।

परिवर्तित परिस्थितिमा सामुहिक राजीनामा दिइएको परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिएका छन् । राजीनामा दिएको विषयमा र आफूहरुले गरेका कामको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज पत्रकार सम्मेलन समेत आयोजना गरिएको खातीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७