ठमेलमा जर्मन नागरिक मृत भेटिए, सोधपुछका लागि तीन जना नियन्त्रण


८ आश्विन २०७८, शुक्रबार
death

काठमाडौं, ८ असोज । काठमाडौंको ठमेलमा एक जना जर्मन नागरिक मृत फेला भेटिएका छन् । विहानी होटलको कोठाभित्र जर्मन नागरिक डेभिड मिट ज्याकट गए राति मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तीन महिनादेखि सो होटलमा बस्दै आएका थिए ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । उनको नेपाली केटी साथी भएको र पर्यटकीय भिषामा नेपाल आएको प्रहरीको भनाइ छ । केटी साथीले फोन गर्दा उनको फोन नउठेपछि प्रहरीमा खबर गरेकी थिइन् ।

त्यसपछि खोजी गर्ने क्रममा उनी बसेको होटलको बन्द कोठाभित्र ओछ्यानमा मृत फेला परेका थिए । सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७