यस्तो छ एमालेको विधान संशोधन प्रस्ताव (पूर्णपाठ)


८ आश्विन २०७८, शुक्रबार
uml

काठमाडौं, ८ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव तयार गरेको छ । उक्त संशोधन प्रस्तावलाई शुक्रबारदेखि दुई दिनसम्म ललितपुरको च्यासलमा बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिँदैछ । बैठकले उक्त संशोधन प्रस्ताव पारित गरेपछि असोज १५ देखि १७ गतेसम्म बस्ने विधान महाधिवेशनमा प्रस्तुत गर्ने तयारी छ ।

यो बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल हुनेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । त्यस्तै महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गर्ने भएका छन् । यसअघि एमालेको स्थायी कमिटी बैठक यी आइतबार र सोमबार बसेको थियो ।

त्यसबेला ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरुले सुझाव दिएका थिए । एमालेले यसअघि नै अध्यक्षसहितका पदाधिकारी महाधिवेशनबाटै निर्वाचित गर्ने निर्णय लिएको छ । बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष केपी ओलीले विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्न आग्रह गरेका छन् ।

आन्तरिक र राष्ट्रिय राजनीतिका समस्यामाथि छलफल जरुरी रहेको भन्दै उनले आगामी मंसिरमा हुने पार्टीको दशौं राष्ट्रिय महाधिवेशन र स्थानीय निर्वाचनको तयारीमा जुट्न पनि उनको आग्रह थियो । केन्द्रीय सदस्य प्रभु साहले भने एमालेलाई नेकपाको निरन्तरताका रूपमा व्याख्या गर्दै जनताको जनवादलाई परिस्कृत गर्नुपर्ने आठ बुँदे पुरक प्रस्ताव राखे । एकताको महाधिवेशन गर्नुपर्ने साहको मत छ ।

अर्का सदस्य सदस्य झपट रावलले दश बुँदे सहमति कार्यान्वयन नगरेर अध्यक्ष ओलीले पार्टीभित्र असमानताको स्थिति पैदा गरेको आरोप लगाएका छन् । पार्टी एकताको जगलाई कमजोर बनाउँदै असमान स्थिति पार्टीभित्र किन पैदा हुन खोज्दैछ भन्ने प्रश्न रावलले ओलीलाई गरेका छन् । दुई दिनसम्म चल्ने बैठकले विधान महाधिवेशनमा पेश गरिने अध्यक्ष ओलीको राजनीतिक र महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन अनुमोदन गर्नेछ ।

सोही प्रतिवेदनलाई असोज १५ देखि १७ गतेसम्म बस्ने विधान महाधिवेशनमा पेश गरिने छ । यसअघि आइतबार र सोमबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले सुझाव दिएका थिए ।
हेर्नुस् विधान संशोधनको पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७