कांग्रेसले भोलिदेखि ६४ जिल्लामा पालिका अधिवेशन गर्ने


८ आश्विन २०७८, शुक्रबार
congress

काठमाडौं, ८ असोज । सत्तारुढ नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले असोज ९ (भोलि) गतेदेखि पालिका अधिवेशन गर्ने भएको छ । आज (शुक्रबार) बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २१ वटा हिमाली जिल्ला दशैंअघि जिल्ला अधिवेशन हुने गर्ने बैठकले निर्णय गरेको जानकारी दिए । वरिष्ठ नेता रामचन्द्र पौडेल सबै जिल्लाको पालिका अधिवेशन एकै पटक गर्ने प्रस्ताव गरेका थिए । तर पदाधिकारी बैठक ६४ जिल्ला मात्र भए पनि भोलि नै पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।

चाँडै केन्द्रीय समितिले महाधिवेशनको आवश्यकता अनुसार विधानका प्रावधान निलम्बन गर्ने र त्यसलाई महाधिवेशनबाट अनुमोदन गरिने उनले बताए । कांग्रेसले पार्टीका कार्यकर्तालाई उत्साहका साथ सहभागी हुने आग्रह गरेको छ । १३ जिल्लाका क्रियाशील सदस्यको चाँडै सार्वजनिक हुने शर्माले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७