प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल


८ आश्विन २०७८, शुक्रबार
Ram Bahadur Thapa Badal 1024x573 1

चितवन, ८ असोज । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रतिस्पर्धा हुने सक्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले निर्णय गरेमा प्रचण्डसँग आफू चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताए ।

उनले अहिले ठूलो संख्याका नेता तथा कार्यकर्ताले प्रचण्डको साथ छोडेको दाबी गरे । त्यस्तै उनले राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नेभन्दा पनि कालो धनलाई संरक्षण गर्ने काम वर्तमान सरकारले गरेको आरोप पनि लगाए । थापाले लोकतन्त्र, राष्ट्रियता, समृद्धि र समाजवादविरुद्ध वर्तमान सरकार लागेको धारणा राखे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७