नारायणहिटीको श्रीपेच चोर्ने प्रयास, युवक पक्राउ


८ आश्विन २०७८, शुक्रबार
narayan hitti darbar

काठमाडौं, ८ असोज । नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचको सिसा फुटाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज (शुक्रबार) संग्रहालय घुम्न छिरेका रुकुम पश्चिमका २५ वर्षे युवा खेमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

shreepeach

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतकाअनुसार रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारी पक्राउ परेका हुन् । ‘म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच फुटाएको भेटियो, लगत्तै प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको छ’, प्रहरीले जनाएको छ । श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, घर्तीले हातले प्रहार गर्दा बुलेट प्रुफ बाहिर रहेको सिसाको आवरण भने फुटेको छ । त्यसपछि उनले कोठाभित्र सोकेसमा राखिएको खुकुरी झिकेर श्रीपेच निकाल्न प्रयास गरेको देखिन्छ’ उनले भने ।

उनका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन । ‘उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ,’ उनले भने, ‘उनको मानसिक अवस्था त्यति ठीक छैन कि भन्ने लागेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७