एमाले केन्द्रीय कमिटी बैठक : तीन प्रस्तावमाथि छलफल गर्न बनाइयो १० समूह


८ आश्विन २०७८, शुक्रबार
kp kp1632473546

काठमाडौं, ८ असोज । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव प्रस्तुत भएको छ ।

शुक्रबार च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको बैठकमा यी तीन प्रतिवेदन प्रस्तुत् गरिएको हो । उक्त प्रस्तावमाथि छलफलका लागि १० वटा समूह छुट्याइएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बैठक भोलि बिहान ११ बजे पनि बस्ने छ । भोलिको बैठकमा समूहगत छलफलको सुझावलाई प्रस्तुत गरिने छ । एमालेले असोज १५–१७ का लागि बोलाएको विधान महाधिवेशनको तयारी गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७