दिल्लीको अदालतभित्रै चल्यो गोली, एक ग्याङ्गस्टरसहित तीनको मृत्यु


८ आश्विन २०७८, शुक्रबार
Shooting rohini 24092021 RaGWqO0vTS

नयाँदिल्ली, ८ असोज । दिल्लीको रोहिणी अदालतको कोर्ट नम्बर एक परिसरमा शुक्रबार ग्याङ्गफाइट भएको छ । हमलाकर्ताले गोली हानेर ग्याङ्गस्टर जितेन्द्र गोगीको हत्या गरेका छन् ।

उक्त ग्याङ्गफाइटमा गोगी समेत तीन जना मारिएका छन् । यस घटनामा एक महिला वकिल समेत तीन व्यक्ति घाइते भएका छन् । रिपोर्टका अनुसार गोगी पेशीका लागि अदालत आएका थिए । गोली लागे लगत्तै उनको मृत्यु भएको छ ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार राइवल टिल्लू ग्याङ्गका दुई सदस्य वकिलको भेषमा आएका थिए । उनीहरुले कोर्ट रुम नम्बर २०७ मा न्यायाधीश गगनदीप सिंहको अगाडि नै गोगीमाथि गोली चलाए । प्रहरीको स्पेशल सेलको जवाफी कारवाहीमा दुबैको मृत्यु भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७