काठमाडौंबाट गैंडाको खागसहित एक जना पक्राउ


८ आश्विन २०७८, शुक्रबार
Nikesh Basnet 2 C5pRyIvGPN scaled

काठमाडौं, ८ असोज । काठमाडौं महानगरपालिकाको गौशाला तिलगंगा एरियाबाट संरक्षित वन्यजन्तु गैंडाको खागसहित एक युवक पक्राउ परेका छन् । ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खागसहित ललितपुर, ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तुको अंग अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उक्त वस्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उक्त वस्तुसहित उनलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७