एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ : थापा


८ आश्विन २०७८, शुक्रबार
Ram Bahadur Thapa Badal 1024x573 1

चितवन, ८ असोज । पूर्व गृहमन्त्री एवम् नेकपा (एमाले) का नेता रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् । प्रेस चौतारीले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए ।

नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनु पर्ने बताए । ‘स्रोत नखुलाइ लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो’, उनले भने । राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उनले सरकार त्यतातर्फ जान नसकेको आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७