एभरेष्ट बैंककाे पहिलो नेपाली सीईओ सुदेश खालिङले सम्हाले कार्यभार


८ आश्विन २०७८, शुक्रबार
CEO appointment Everest Bank

काठमाडौं, ८ असोज । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले खालिङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । ३५ वर्षदेखि बैंकिङ क्षेत्रको अनुभव रहेका पहिलो नेपाली सीईओ खालिङले शुक्रबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन् ।

भारतको पञ्जाब नेशनल बैंकसँगको ज्वाइन्ट भेन्चरमा सञ्चालित बैंकको नेपालमा लाखौं ग्राहक छन् । हाल बैंकले १०५ वटा शाखा, ३१ राजश्व संकलन काउन्टर, १३७ एटीएम र फराकिलो ग्लोब नेटवर्कमार्फत अन्तर्राष्ट्रियस्तरको व्यावसायिक सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७