१,५५० ले जिते कोरोना, १,४७६ नयाँ थपिए, नौं जनाको मृत्यु


८ आश्विन २०७८, शुक्रबार
korona

काठमाडौं, ८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६९० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १,४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको पिअिसार परीक्षण गर्दा १,१०३ र ५,११५ जनाको एन्टीजेन परीक्षण गर्दा ३७३ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १,५५० जना संक्रमित उपचार पछि निको भएका छन् । पछिल्लो २४ घण्टामा नौ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २५६, भक्तपुरमा ३५ र ललितपुरमा ७३ जनामा कोरोना संक्रमढा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर २० हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तीमध्ये १८ हजार ९६९ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा १,३१८ संक्रमित छन् भने ३४६ जना आइसियुमा र १०५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर २४४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर एक लाख ७२ हजार ५९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७