महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय


२५ फाल्गुन २०७४, शुक्रबार
krishna bahadur mohora

काठमाडौं फागुन २५ ,  माओवादी केन्द्रले कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको माओवादी बैठकले नेता महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।krishna bahadur mohora

एमालेले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेको थियो । त्यसका लागि शुक्रबार विहानसम्म लबिङ गरेको थियो । तर, माओवादीले सभामुख दिन नसकिने भन्दै महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेसँगको भागबन्डामा माओवादीलाई सभामुख परेको थियो । आज संसद सचिवालयमा सभामुखको उम्मेदवारी दर्ता छ । कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुँदैछ ।

सचिवालयले संघीय संसदका महासचिवसमक्ष उम्मेदवारी दिने व्यवस्था मिलाएको छ । सचिवालयले आजै दिउँसो १ः३० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने मतदान भोलि १ बजे हुनेछ ।
भोलि सभामुखका लागि चुनाव हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७