हुवावेकी मुख्य वित्तीय अधिकारी वानजाउको मुद्दा फिर्ता लिन अमेरिका तयार


९ आश्विन २०७८, शनिबार
meng

काठमाडौं, ९ असोज । अमेरिकाले चिनियाँ कम्पनी हुवावेकी मुख्य वित्तीय अधिकारी मेन वानजाउको मुद्दा फिर्ता लिन तयार भएको छ । अमेरिकी अभियोजनकर्ताहरुले उनीविरुद्धका मुद्दा फिर्ता लिन सहमति जनाएसँगै मेन क्यानडा छोड्न तयार भएको बताइएको छ ।

चीन र अमेरिकाबीच जारी द्वन्द्व अन्त्यका लागि यो कदम प्रभावकारी हुने अधिकारीहरुले अनुमान गरेका छन् । वासिङ्टन र वेइजिङबीचको वर्षौंदेखिको कुटनीतिक टकराव अन्त्यका लागि मेनको मुद्दा फिर्ता प्रभावकारी हुने बताइएको छ ।

अमेरिकाको वारेन्टमा सन् २०१८ मा मेनलाई भ्याकुभर अन्तर्राष्ट्रिय विमानस्थबाट गिरफ्तार गरिएको थियो । सन् २०१३ मा उनीमाथि इरानमा दूरसञ्चार उपकरणको व्यापारिक कारोबारका क्रममा बैंक र तार ठगिको आरोपमा दोषी ठहर गरिएको थियो ।

मेनको गिरफतारीसँगै क्यानडा समेत सो प्रकरणमा विवादमा तानिएको थियो । अमेरिकी अधिकारीहरुले मेन आफूमाथि लागेको आरोप स्वीकार गरेसँगै मुद्दा फिर्ता लिइएको बताएका छन् । तर हुवावेका प्रवक्ताले भने अमेरिकी अधिकारीहरुको दावीको खण्डन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७