पश्चिमी देशसँग निकटता बढाएकामा भारतलाई चीनले दियो चेतावनी


९ आश्विन २०७८, शनिबार
modi

काठमाडौं, ९ असोज । चीनले आफूसँग मित्रता र सहकार्य गर्न सल्लाह दिँदै पश्चिमी मुलुकसँग निकटता बढाएकामा भारतलाई चेतावनी दिएको छ ।

बीबीसीका अनुसार भारतका लागि चिनियाँ राजदूत सन विन्डङले चीन–भारत सम्बन्धबारे आयोजित चौथो उच्चस्तरीय ट्रयाक–२ संवादको उद्घाटन समारोहमा दुई देशबीच जारी सीमा विवाद आपसी संवादबाट हल गर्नुपर्ने बताए ।

उनले सीमा विवादलाई अन्य द्विपक्षीय सम्बन्ध जस्तै : आर्थिक सम्बन्धबाट अलग राख्नुपर्ने सुझाव दिँदै भारतले पश्चिमी मुलुकसँग निकटता बढाएकामा चेतावनी पनि दिएका हुन् । सन विन्डङले भने, ‘गत वर्ष भारत–चीन सम्बन्धमा यस्तो तनाव देखापर्‍यो, जुन विगतमा कहिले देखिएको थिएन । दुई देशबीचको सम्बन्ध निकै तल्लो स्तरको भयो ।’

india china sima 8utdtPSogZ

उनले अगाडि भने, ‘एकातर्फ विश्व अशान्ति र परिवर्तनको चरणमा प्रवेश गरिरहेको छ अर्कातर्फ अहिले पनि कोरोना महामारी फैलिरहेको छ र विश्व अर्थतन्त्र सुस्त बनेको छ।अफगानिस्तानमा भएको परिवर्तनले क्षेत्रीय स्थितिमा महत्त्वपूर्ण प्रभाव पारेको छ । दुई ठूला विकासशील देश तथा उदीयमान अर्थव्यवस्थाका रूपमा चीन र भारतबीच समन्वय र सहयोग बलियो बनाउन आवश्यक छ ।’

राजदूत सन विन्डङले चीन र भारतले आफूहरूबीच रहेको मतभेदलाई सही तरिकाले हल गर्नुपर्ने उल्लेख गर्दै यसलाई ठूलो विवादमा परिणत हुन दिन नहुने सुझाव दिए । उनले भने, ‘हामीले द्विपक्षीय सम्बन्धमा सीमा मुद्दालाई उचित स्थानमा राख्नुपर्छ र वार्ताबाटै निष्पक्ष र स्वीकार्य समाधानको खोजी गर्नुपर्छ । भारत–चीन सीमा विवादको उचित समाधान निकाल्न सधैं सकारात्मक छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७