त्रिवि शिक्षण अस्पतालमा छैटौं पटक कलेजोको सफल प्रत्यारोपण


९ आश्विन २०७८, शनिबार
Tu Teaching

काठमाडौं, ९ असोज । त्रिवि शिक्षण अस्पतालमा छैटौं पटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । काठमाडौंकी ३१ वर्षीया महिलाले ३६ वर्षीय श्रीमानलाई कलेजो दान दिएको अस्पतालले जनाएको छ ।

कलेजो प्रत्यारापण सर्जन डा. रमेशसिंह भण्डारीले शनिबार कलेजो प्रत्यारोपण भएको बताए । शल्यक्रियाका लागि १० घण्टा समय लागेको उनले जानकारी दिए । शल्यक्रियाका लागि भारतको नयाँदिल्लीस्थित फोर्टिस अस्पतालका डाक्टर विवेक विज र टिमको सहयोग रहेको पनि डा. भण्डारीले बताए । त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक २०७६ जेठ १७ गते कलेजो प्रत्यारोपण भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७