अरिङ्गालको टोकाइबाट एकको मृत्यु


९ आश्विन २०७८, शनिबार
dal bahadur Od7DO1halw

दैलेख, ९ असोज । दैलेखको ठाँटीकाँधमा अरिङ्गालको टोकाइबाट एक जनाको मुत्यु भएको छ । ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको स्थानीय सूर्यबहादुर शाहीले जानकारी दिए ।

बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए । समाजसेवी समेत रहेका शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेका थिए ।

सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा शुक्रबार राति ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७