ईपीएलको उदटन खेल शुरु, पहिलो बलमै काठमाडौंले लियो विकेट


९ आश्विन २०७८, शनिबार
catch out1632552448

काठमाडौं, ९ असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स इलेभेनबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ललितपुर प्याट्रीयट्स पहिले ब्याटिङ गरिरहेको छ । काठमाडौं किङ्सले पहिलो बलमै विकेट लिएको छ । ललितपुर कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिएको छ । काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा रहेको छ ।

ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी छन् । काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बज, सिंगापुरका जनक प्रकाश छन् ।
चौथो संस्करणका प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । उपविजेताले १५ लाख पाउने जनाएको छ ।

ललितपुर प्याट्रिएट्स

कुशल भुर्तेल (कप्तान), सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, राशिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नान्डो, शनदुन विराक्कोडी र मिक्यो दोर्जी ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७