ललितपुरका लागि पवनले प्रहार गरे इपीएल सिजनकै पहिलो अर्धशतक


९ आश्विन २०७८, शनिबार
paban1632556750

काठमाडौं, ९ असोज । ललितपुर प्याट्रियट्सका लागि पवन सरार्फले इपीएल सिजनकै पहिलो अर्धशतक प्रहार गरेका छन् । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किङ्स–११ विरुद्ध उनले अर्धशतक प्रहार गरेका हुन् ।

पवनले ४० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरेका हुन् । योसँगै चौथो संस्करणको ईपीएलमा अर्धशतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेका छन् । उनीसँगै क्रिजमा रहेका योगेन्द्रसिंह कार्कीले ३३ रन जोडेका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले १६ ओभरको समाप्तीमा ४ विकेट गुमाएर ११९ रन बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७