मर्मस्पर्शी दशैं गीत परदेशमा बस्न मन छैन


९ आश्विन २०७८, शनिबार
24285632

काठमाडौं ९ असोज । दर्जन चलचित्रमा अभिनय गरिसकेका ब्यस्त नायक दिनेश केसी र आशा केसीको स्वर रहेको दशैंको अवसरमा परदेशमा रहने नेपालीलाई सम्बोधन गरेर दशैं गीत सार्वजनिक गरेका छन् ।

‘परदेश बस्न मन छैन’ बोलको म्यूजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो । अमृत भारतीको शब्द, राजकुमार नेपालीको संगीत रहेको गीतको भिडियोमा विशेषतः चाडपर्वका बेला परदेशमा रहँदा आफ्नो गाउँघर र परिवारको सम्झनालाई मर्मस्पर्शी ढंगबाट भिडियोमा उतार्ने प्रयास गरेको भिडियोका निर्देशक चेतनाथ दंगालले बताए । गीतको भिडियोमा नायक दिनेश केसी, नायिका उषा खनाल, सरिता राजउपाध्याय, पुर्षोत्तम दंगाल लगायतका कलाकारले जीवन्त अभिनय गरेका छन् ।

गीतको भिडियोलाई मदन कास्यप घिमिरेले खिचेका हुन भने सम्पादन लिगेश भट्टराईले गरेका हुन् । ‘परदेशमा रहने नेपालीले दशैं, तिहारमा घरपरिवारलाई कसरी सम्झिन्छन्, गीतमार्फत मैले त्यही भाव प्रस्तुत गर्ने जमर्को गरेको हुँ, आशा छ गीतले दर्शक, स्रोताकोे मन छुनेछ ।’ गायक केसीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७