मिलन चाम्स निर्देशित लिलीबिलीको ट्रेलर सार्वजनिक (भिडियोसहित)


२५ फाल्गुन २०७४, शुक्रबार
lilli billi लिलीबिली

काठमाडौं, २५ फागुन । मिलन चाम्स निर्देशित चलचित्र लिलीबिलीको ट्रेलर सार्वजनिक गरीएको छ । मंगलवार काठमान्डौमा एक कार्यक्रमको बीच चलचित्रको ट्रेलर सार्वजनिक गरीएको हो । युट्युब मार्फत मंगलवार सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेम कहानी र एक्सन देखाईएको छ । lilli billi लिलीबिली

चलचित्रमा नायक प्रदीप खड्का र नव नायिका जसिता गुरुङको मुख्य अभिनय रहेको छ । भने सुदीप बरालको छायांकन तथा अर्जुन जीसीको सम्पादन रहेको छ । चलचित्र ‘लिलीबिली’मा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रलाई मिलन चाम्स, गोविन्द शाही र सुदीप खड्काले संयुक्त लगानीमा निर्माण गरेका हुन् । चलचित्र यही चैत्र ३० गते देश भर एकसाथ रिलिज हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७