मोदी र आदित्यनाथविरुद्ध आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा दुई जना पक्राउ


९ आश्विन २०७८, शनिबार
yogi modi 57I04qy6tK

नयाँदिल्ली, ९ असोज । भारतका प्रधानमन्त्री र भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक भिडिओ पोस्ट गरेको आरोपमा शनिबार दुई व्यक्तिलाई गिफ्तार गरिएको छ ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार, बलिया जिल्लाको बान्सडिह रोड थानाका इन्चार्ज मन्टु रामले शुक्रबार गरेको उजुरीका आधारमा शेर (ठूलो सेरिया) नामक गाउँका प्रकाश बर्मा र रमेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको उत्तर प्रदेश प्रहरीले जनाएको छ ।

उनीहरुहरूले बिहीबार ट्वीटर, फेसबुक तथा ह्वाट्सए जस्ता सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगीविरुद्ध अभद्र भाषा प्रयोग गरिएको भिडियो राखेको आरोप लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७