प्रचण्ड पथ छाडेदेखि माओवादीमा विघटन शुरु भयो : जनार्दन


९ आश्विन २०७८, शनिबार
Janardan Sharma जनार्दन शर्मा Prabhakar is a Nepalese politician belonging to the Communist Party of Nepal

काठमाडाैं, ९ असोज । अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले प्रचण्डपथ छाडेदेखि पार्टीमा विघटन शुरु भएको टिप्पणी गरेका छन् ।

आज (शनिबार) चौंरीदेउराली–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विचारको केन्द्रीकरणको महत्व अहिले आएर आफूहरुले बुझेको पनि बताएका छन् । ‘हामीले प्रचण्ड पथ जुन दिन छोड्यौं, त्यो दिनबाट पार्टीमा विघटन शुरु भयो,’ शर्माले भने, ‘गुटबन्दी शुरु भयो । अनेक–अनेक समस्यामा पार्टी गयो । विचारको केन्द्रीकरण, संश्लेषणको कति महत्व हुने रहेछ भन्ने कुरा आज आएर हामीले बुझेका छौं ।’

प्रचण्ड पथमा नाम मात्रै नजोडिएर त्यसमा उत्पीडित वर्गको भावना पनि जोडिएको शर्माको भनाइ छ । ‘हामीले जनयुद्धका बेलामा विचार केन्द्रित गरेका थियौं,’ उनले भने, ‘प्रचण्ड पथ निर्माण गरेका थियौं । प्रचण्ड पथ भन्दा प्रचण्डको नाम जोडिएको थियो । त्यो नाम जोडिएको कुरा मात्रै होइन । नेतृत्वमा उहाँ रहेको कारण उहाँको नाम जोडियो ।’ शर्माले थपे, ‘त्यसभित्र हामीले आमउत्पीडित जनताको भावना, पछाडि परेका सबैको भावना जोडेर सामान्तवादका विरुद्ध प्रष्टरुपमा प्रहार गरेका थियौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७