कांग्रेस अधिवेशन : पोखरा महानगरमा सभापतिमा ६ जनाको भिडन्त

महिला उम्मेद्वार शून्य जस्तै, गण्डकी प्रदेशका ११ जिल्लामा आजै नेतृत्व चयन


९ आश्विन २०७८, शनिबार
242804510 559989172001185 544685099573134264 n 1 uBN33uSB1Y

पोखरा, ९ असोज । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज (शनिबार) पालिकास्तरीय कार्यसमिति कार्यसमिति चयनका लागि निर्वाचन जारी छ । गण्डकी प्रदेशका ११ जिल्लाका पालिकाहरूमा आजै नेतृत्व चयन हुनेछ । प्रदेश अन्तर्गतको मनाङमा यसअघि नै निर्विरोध निर्वाचन भएकाले अनुमोदन हुनेछ भने अन्य जिल्लाहरूमा निर्विरोध हुन नसकेको ठाउँहरूमा नेतृत्व चयनका लागि निर्वाचन भइरहेको छ ।

कास्कीका केही पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकामा सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । बाँकी पदाधिकारीका लागि अहिले निर्वाचन चलिरहेको छ । पोखरा महानगर समितिको नेतृत्व चयनका लागि पोखराको प्रदर्शनी केन्द्रमा मतदान जारी छ ।

पोखरा महानगर समितिको सभापतिका लागि ६ जना मैदानमा उत्रिएका छन् । सभापतिका लागि अग्रज पत्रकार गंगाधर पराजुली, वर्तमान उपसभापति सुरेन्द्रमान बिजुक्छे, पोखरा ९ र ११ का वडाध्यक्ष रामराज लामिछाने र मोहन बास्तोला, युवा नेता मिलन तिवारी र ज्योति हमालले उम्मेदवारी दिएका छन् । त्यसै गरी २ जना उपसभापतिका लागि ६ जना र २ जना सचिवका लागि ३ जनाको उम्मेदवारी परेपछि निर्वाचन भइरहेको छ । त्यस्तै २ जना सहसचिवको लागि ६ जनाले उम्मेदवारी परेपछि निर्वाचन भइरहेको छ ।

नगर उपसभापतिको लागि कृष्णप्रसाद अधिकारी, निर्दोशविक्रम राणा, प्रयागराज भण्डारी, भवसागर बराल ,शिव केसी र राजेन्द्र बरालले उम्मेदवारी दिएका छन् । सचिवको लागि गणेशबहादुर थापा, टुबराज बास्तोला र सुरेन्द्रबाबु तिवारीबीच प्रतिस्पर्धा चलिरहेको छ । सहसचिवको लागि नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल,रविन कायस्थ, लक्ष्मी बास्तोला,सञ्जय आले र संघर्ष कोइराला उम्मेदवार छन् । कांग्रेसमा कोषाध्यक्ष मनोनीत हुने व्यवस्था छ ।

यस्तै अन्नपूर्ण गाउँपालिकाको सभापतिमा मनपति भण्डारी सर्वसम्मत चयन भएका छन् । उपाध्यक्ष सुशील भट्टचन र गौमाया नेपाली, सचिव कृष्णप्रसाद सुवेदी र विजय गुरुङ, सहसचिव ध्रुव घले र मुक्ति गुरुङ चयन भएका हुन् । सदस्यहरू पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

रुपामा पनि सर्वसम्मत भएको छ । सभापतिमा ३ जनाले उम्मेदवारी दिए पनि विमलबाबु न्यौपानेलाई सभापति बनाएर सहमतिमा मनोनयन फिर्ता लिइएको छ । पोखरा महानगरमा करिब १ हजार ३४० जना मतदाता छन् । पोखरा महानगरपालिकामा यसअघि नै मनोनयन भइसकेको छ ।

कास्कीको माछापुच्छ्रेमा १७३, अन्नपूर्णमा १९८, मादी १९२ र रुपामा १३० जना मतदाता छन् । पालिकाको कार्यसमिति चयन गर्न क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरूले मतदान गर्ने छन् ।

यता,चुनावी मैदामा उत्रिएका सभापतिका सबै उम्मेदवारहरूले आ–आफ्नो जीत सुनिश्चित भएको दाबी गरिरहेका छन् । वडा जस्तै पालिकामा पनि महिलाको नेतृत्व करिब शून्य देखिएको छ । काँग्रेसको निर्वाचनमा महिलाले आकांक्षाा देखाएका छैनन् । रुपामा गीमाया गुरुङ आकांक्ष भए पनि अन्तिममा ब्याक भएकी छन् । पोखरा महानगरमा भने मा एक जना महिला उम्मेदवार छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७