त्रिशूलीमा कार खस्दा बेपत्ता तीन जना अझै भेटिएनन्


९ आश्विन २०७८, शनिबार
IMG 0013.00 03 12 44.Still011

चितवन, ९ असोज । काठमाडौंबाट पोखरा आउदै गरेको कार त्रिशूली नदीमा खस्दा बेपत्ता भएका तीन जनालाई अझै फेला पार्न सकिएको छैन । चितवन जिल्ला इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट पोखरातर्फ आउँदै गर्दा बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो ।

प्रहरीको टोलीले आज दिन भरि त्रिशूली नदीमा खोज्दा पनि कार र बेपत्ता भएका पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेललाई फेला पार्न सकेको छैन । बर्खाको समयमा त्रिशूली नदीमा जल सतह बढी र पानीको बहाव बढी भएकाले बेपत्ता भएकालाई फेला पार्न कठिन भएको छ ।

घाइते भएका पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदीलाई भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) डिस्चार्ज गरी पोखरा आएका छन् । उनको अवस्था सामान्य बन्दै गएको छ । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७