इलामका सबै पालिकामा चुनाव, रोङमा बुढाथोकी र सन्दकपुरमा गुरुङ निर्वाचित


९ आश्विन २०७८, शनिबार
Congress

इलाम, ९ असोज । इलामको दुई पालिकामा नेपाली कांग्रेसको नेतृत्व निर्वाचित भएको छ । रोङ र सन्दकपुर गाउँपालिकामा कांग्रेसको पालिका सभापति निर्वाचित भएका हुन् ।

रोङ गाउँपालिकाको सभापतिमा हरि बुढाथोकी निर्वाचित भएका छन् । सुवास स्याङबोलाई हराउँदै बुढाथोकी सभापतिमा निर्वाचित भएका हुन् । बुढाथोकीले ६२ मत प्राप्त गर्दा स्याङबोले ४२ मत पाएका थिए ।रोङमा अन्य पदाधिकारी र सदस्य भने सर्वसम्मत चयन भएका छन् ।

उपसभापतिमा खेमराज कार्की, गीताप्रसाद अधिकारी, सचिवमा केशर प्रधान, वेनुपराज खालिङ्ग चयन भएका छन् । त्यस्तै सहसचिवमा भविन विश्वकर्मा र सुरेश कुमार राई चयन भएका छन् ।

त्यस्तै सन्दकपुर गाउँपालिकाको सभापतिमा तुलराम गुरुङ्ग निर्वाचित भएका छन् । गुरुङ्गले ३८ मत प्राप्त गरे । सभापतिका उम्मेद्वार धनबहादुर खाम्दाकले ३३ मत प्राप्त गरेका थिए भने बालकृष्ण गुरुङ्गले २१ मत प्राप्त गरेका छन् । इलामको सबै पालिकामा नेतृत्व चयनको लागि निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७