कांग्रेसले थप पाँच जिल्लामा टुङ्ग्यायो क्रियाशील सदस्यता विवाद


१० आश्विन २०७८, आईतवार
congress

काठमाडौं, १० असोज । सत्तारुढ नेपाली कांग्रेसले थप पाँच जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । शनिबार पाँच जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई प्राप्त भएको छ । महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता सूची प्राप्त गरेको निर्वाचन समितिका सदस्य एकराज पोखरेलले जानकारी दिए ।

बाँकी सात जिल्लामध्ये तीन जिल्लाको सदस्य विवाद पनि टुंगिएको छ । तर निर्वाचन समितिलाई सदस्यको सूची आइपुगेको छैन । निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची नपाएका जिल्लामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीमा रहेको छन् ।

पाँच जिल्लामा भोलि नै निर्वाचन अधिकृत खटाइने पोखरेलले बताए । कांग्रेसको निर्णयअनुसार दशैंअघि ७७ वटै जिल्लामा पालिका तहसम्मको अधिवेशन सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७