खासा क्षेत्रमा नै रोकिए दशैंका सामान


१० आश्विन २०७८, आईतवार
khasa

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् ।

खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक कन्टेनर लामबद्ध छन् । चिनियाँ पक्षले बिना कारण उक्त कन्टेनर रोकेर दुःख दिएको नेपाली व्यापारीले जनाएका छन् । चिनियाँ पक्षले खटाइ–खटाई कन्टेनर नेपाल पठाउने भएपछि चिनियाँ भूमिमा नै सामान बोकेका कन्टेनर रोकिएका छन् ।

दशैंका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । सीमित कन्टेनर नेपालतर्फ आउँदा सबै कन्टेनर नेपाल भित्रिन महिनौँ लाग्ने अध्यक्ष श्रेष्ठले गुनासो गरे । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७