पीएजसीको अपराजित यात्रा कायमै


१० आश्विन २०७८, आईतवार
psg1632619541

काठमाडौं, १० असोज । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा अपराजित यात्रा कायम गरेको छ । उपाधि दावेदार पीएसजी आठ खेलसम्म अपाराजित यात्रालाई कायम गरेको हो ।

शनिबार राति भएको खेलमा पीएसजीले मोप्लिएरलाई २–० गोल अन्तरले पराजित गर्‍यो । घरेलु मैदानमा जित दिलाउन इद्रिसा गुइएले खेलको १४ औैं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ८८औं मिनेटमा जुलियनले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए ।

जितसँगै पीएसजीले ८ खेलबाट २४ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा छ । लिगमा समान खेल खेलेको मोप्लिएर ९ अंक जोडेर ११ औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७