अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्ध तत्काल नहटाउने


१० आश्विन २०७८, आईतवार
Taliban Afghanistan

काठमाडौं, १० असोज । अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । दुई वटा इजाजत पत्रमार्फत अमेरिकाले प्रतिबन्ध कायमै रहेको तर मानवीय र विकासका लागि आवश्यक पर्ने सहयोगका लागि कुनै अवरोध नगर्ने जनाएको हो ।

प्रतिबन्ध कायमै राखेको अमेरिकाले विभिन्न निकायहरुलाई अफगानिस्तानमा आवश्यक मानवीय सहायता प्रदान गर्न अनुमति दिएको छ । अफगानिस्तानमा हजारौं नागरिकलाई सहयोगको खाँचो रहेको संयुक्त राष्ट्रसङ्घले यसअघि नै बताउँदै आएको छ ।

प्रतिबन्धका कारण अवस्था झन बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको उल्लेख गरेको समाचार संस्था एएफपीले जनाएको छ । २० वर्षपछि अमेरिकी सेना फिर्ता भएसँगै तालिबान समूहले गएको महिना अफगानिस्तानमा कब्जा गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७