पाँच जनालाई पछि पार्दै कांग्रेस पोखरा महानगरमा विजुक्छे निर्वाचित


१० आश्विन २०७८, आईतवार
pokhara bijukchhe 4r7vamU75j 1

पोखरा, १० असोज । सत्तारुढ नेपाली कांग्रेस पोखरा महानगरपालिका सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् । आज (आइतबार) बिहान सार्वजनिक मत परीणाम अनुसार विजुक्छे ४१४ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले ३४६ मत प्राप्त गरे । पोखरा सभापतिमा ६ जना प्रतिस्पर्धी थिए । वडाध्यक्ष समेत रहेका कास्कीका पूर्व सचिव रामराज लामिछानेले २०९ मत, अर्का नेता मिलन तिवारीले १५३, वडाध्यक्ष मोहन बाँस्तोलाले १२६ र पत्रकार ज्योती हमालले ११ मत प्राप्त गरे ।

सभापतिमा निर्वाचित विजुक्छे पोखरा उद्योग वाणिज्य संघका महासचिव पनि हुन् । नगरको उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन् । भण्डारीले ५६९ मत र बरालले ४६४ मत प्राप्त गरे । निर्दोशविक्रम पौडेल ४०७, राजेन्द्र बराल ३७५, कृष्णप्रसाद अधिकारी ३६८ र शिव केसीले १६८ मत पाए । उपसभापतिमा ६ जना प्रतिस्पर्धी थिए ।

सचिवमा टुवराज बाँस्तोला र गणेशबहादुर थापा विजयी भए । बाँस्तोलाले ८५८ मत र थापाले ७८९ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी सुरेन्द्रबाबु तिवारीले ६२१ मत पाए । दुई जना निर्वाचित हुने सचिवमा ३ उम्मेदवार थिए । सहसचिवमा संघर्ष कोइराला र सञ्जय आले विजयी भएका छन् । कोइरालाले ५८० र आलेले ४६५ मत पाए । सहसचविमा ६ जना उम्मेदवार थिए । नरेन्द्र बास्तोला ४३१, पुष्पराज सिग्देल २४४, रवीन कायस्थ २७८, लक्ष्मी बास्तोला ३८६ मत पाएका छन् । १३७० मत रहेको यहाँ १३४४ खसेको थियो ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा मनपति भण्डारी, रुपामा विमलबाबु न्यौपाने निर्विरोध चयन भएका छन् भने माछापुच्छ्रेमा वीरेन्द्र गुरुङ र मादीमा यामबहादुर गुरुङ विजयी भएका हुन् । मादी र माछापुच्छ्रे दुबै पालिकाका सभापति हाल निर्वाचित वडाध्यक्ष हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७