११ प्रहरी दुई महिनादेखि सम्पर्कविहीन, हेड क्वार्टरलले जारी गर्‍यो सूचना


१० आश्विन २०७८, आईतवार
police head

काठमाडौं, १० असोज । गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएकाहरुको नामावली आइतबार सार्वजनिक गरेको छ र उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन भनेको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिइएको छ ।

आफूखुशी गैरहाजिर हुनेहरुमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत छन् । कैलालीको गोदावरी घर भएका जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

हेर्नुहोस् सूचना

Police HQ Notice

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७