कपनको ढलमा खसेर बेपत्ता १० वर्षीय उज्जवलको शव ६ दिन पछि भेटियो


१० आश्विन २०७८, आईतवार
1632442731 nn 1200x560 1

काठमाडौं, १० असोज । काठमाडौं कपनस्थित ढलमा खसेर हराइरहेका १० वर्षीय उज्जवल विकको शव ६ दिनपछि भेटिएको छ ।

ललितपुर प्रहरी परिसरका अनुसार गत मंगलबारदेखि ढलमा बेपत्ता उज्ज्वलको शव ललितपुरको महांकाल गाउँपालिकास्थित बागमती नदीको किनारमा भेटिएको हो ।

कपनको सडकमा खुला राखिएको ढलमा खसेर बेपत्ता बालकको शव स्थानीयले शनिबार साँझ देखेर खबर गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७