१८ वर्षीया पुष्पा लिम्बूको हत्या भएको प्रहरीको निष्कर्ष, आजै अभियुक्त सार्वजनिक गरिंदै


१० आश्विन २०७८, आईतवार
tap

ताप्लेजुङ, १० असोज । असोज ७ गते मृत भेटिएकी ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमकी १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ । पुष्पाको हत्या नै भएको र अभियुक्त समेत पक्राउ परिसकेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी बालनरसिंह राणाले अनुसन्धानको क्रममा पक्राउ परेका एक व्यक्तिले घटना स्वीकार गरिसकेको जानकारी दिए । उनले आजै घटना विवरण सार्वजनिक गरिने बताए ।

‘शुरुमा घटनाबारे जानकारी नभएको बताएका ती व्यक्तिले पछि हत्या स्वीकार गरेका छन्’, राणाले भने । प्रहरी नियन्त्रणमा रहेका उनै व्यक्तिविरूद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएका थिए ।

मृतकका आफन्तले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै अनुसन्धान फितलो भएको र शव उठाउने बेलामा मृतकका आफन्तको अनुमति नलिएको भन्दै तथ्य भन्दा बाहिर गए आन्दोलनमा जाने बताएका छन् ।

पुष्पाको शव फुङ्लिङ नगरपालिका–७ को सेती चौतारा तल निगाले भीरमा ७ असोज दिउँसो फेला परेको थियो । पुष्पाको हत्या भएकोले दोषी पत्ता लगाई कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने भन्दै पुष्पाका आफन्त पोष्टमार्टका लागि समेत तयार नभएपछि शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७