इपीएल : सिकन्दर राजाको अर्धशतक


१० आश्विन २०७८, आईतवार
sikandar raja22 MdDW7p27pv

काठमाडौं, १० असोज । विराटनगर वारियर्सका लागि सिकन्दर राजाले अर्धशतक प्रहार गरेका छन् । एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटमा चितवन टाइगर्सविरुद्ध उनले अर्धशतक प्रहार गरेका हुन् ।

आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरका लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका उनले १५औं ओभरको तेस्रो बलमा अर्धशतक पूरा गरे । राजाले ३७ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ५२ रन बनाए । विराटनगरले १५ औं ओभरको समाप्तीमा ६ विकेट गुमाएर ९९ रन बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७