सुनिल गिरीले ल्याए ‘को होला त्यो ३’ (भिडियोसहित)


२५ फाल्गुन २०७४, शुक्रबार
krishtina thapa

काठमाडौं, २५ फागुन । गायक सुनिल गिरीले ’को होला त्यो १ र २’को सफलता पछि तेस्रो भाग बजारमा ल्याएका छन् । ’टोलाउँदै होला’ बोलको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो ।krishtina thapa

गीतको शब्द र संगीत लाई गायक स्वयम् आफैले गरेका हुन् । उनलाई गायनमा टिका गुरुङ र बेनुका राईले साथ दिएका छन् । भने म्युजिक एजेन्ज रिकेश गुरुङले गरेका हुन् ।

को होला त्यो मसँग आँखा जुधाउने, नचिनेनि मसँग अलि लजाउने.. बोलको गीत र को होला त्यो २ (तिमि आउँछौं कि भनी मत कुरीरहेको लाकुरी फेदमुनि, झमक्कै साँझ पर्यो तिम्रै बाटो हेरेर नआको किन होनि ?) को सफलतापछि उनले त्यसलाई निरन्तरता दिँदै को होला त्यो ३ सार्वजनिक गरेका हुन् ।koho la 3

गीतमा अभिनेता पल शाह र क्रिश्टीना थापाको अभिनय रहेको गीतमा पवन सिम्खडाको छायाङ्कन रहेको छ । पहिलो गीतको भिडियोदेखि तेस्रो गीतसम्म मोडल पल शाहले अभिनयमा निरन्तरता दिएका छन् । पलसँग पहिलो गीतमा प्रकृति श्रेष्ठ, दोस्रो गीतमा करुणा श्रेष्ठको अभिनय रहेको छ ।

सिक्किममा विभिन्न मनमोहक स्थानमा खिचिएको भिडियोबाट निकै राम्रो प्रतिक्रिया आइरहेको गायक सुनिलले बताए । अनिल के मानन्धरको निर्देशन र छायाँकनमा भिडियो तयार भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७