काठमाडौंमा १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप


प्रकाशित मिति : September 26, 2021

काठमाडौं, १० असोज । यही असोज ११ गतेदेखि काठमाडौं जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ ।

तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौैंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्