अछामका पाँच पालिकामा सहमतिमा नेतृत्व चयन, बाँकी पाँचमा सहमति खोजिंदै


१० आश्विन २०७८, आईतवार
Congress

अछाम, १० असोज । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अछाममा पाँच वटा पालिकामा सहमतिमै नेतृत्व चयन भएको छ भने पाँच वटामा सहमतिको प्रयास जारी छ । सहमतिमै नेतृत्व चयन हुनेमा मंगलसेन नगरपालिका, चौरपाटी गाउँपालिका, कमलबजार नगरपालिका, ढकारी गाउपालिका र रामारोशन गाउँपालिकामा सहमतिमै नेतृत्व चयन भएको अछाम कांग्रेसले जानकारी दिएको छ ।

सदरमुकाम मंगलसेन नगरपालिकाको नगर अधिवेशनबाट झपटबहादुर रावलको सभापतित्वमा सर्वसम्मत रुपमा नगर कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपसभापतिमा हेमराज भण्डारी र पुरन विष्ट, सचिवमा बेदबहादुर थापा र मिलन रावल, सहसचिवमा ललितकुमार कडायत र रामप्रशाद भाट चयन भएका छन् ।

यस्तै चौरपाटी गाउँपालिकामा धर्म साउद निर्विरोध सभापतिमा चयन भएका छन् । गाउँकार्यसमितिको उपसभापतिमा देउमल खड्का र कल्लाने थापा, सचिव चक्रबहादुर वोगटी, सहसचिवमा वीरबहादुर साउद र भगवति साउद चयन भएका छन् ।

कमलबजार नगरपालिकामा पदमबहादुर भण्डारीको सभापतित्वमा नयाँ नेतृत्व चयन भएको छ । उपसभापतीमा तक्मान विस्ट, हर्क भण्डारी सचिवमा निर्मल विस्ट र मीनबहादुर विष्ट, सहसचिबमा लब अधिकारी, सुरज थापा, कोषाध्यक्ष भोजराज ढकाल चयन भएका छन् ।

ढकारी गाउँपालिकामा गाउँपालिका अध्यक्ष समेत रहेका धनबहादुर बुढा पालिका सभापतिमा सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा खडकबहादुर साउद, पदम बहादुर बुढा, सचिव टंकबहादुर साउद, कपिलकुमार बुढा, सहसचिव दिपकराज थापा, डम्मरबहादुर थापा चयन भएका छन् ।

यस्तै रामारोशन गाउँपालिकामा मानबहादुर साउदको सभापतित्वमा नयाँ समिति सर्वसम्मत चयन भएको छ । उपसभापतिमा मानबहादुर बटाला र मंगला खनाल तथा सचिव परेक देवकोटा, टेकबहादुर विष्ट र सहसचिवमा सुरत शाह चयन भएका छन् । तुर्माखाँद गाउँपालिका, साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र विनायक पञ्चदेवल नगरपालिकामा नेतृत्व चयनका लागि प्रयास जारी रहेको अछाम कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७