सिकन्दर राजाको अर्धशतकमा चितवनलाई १५२ रनको मध्यम टार्गेट


१० आश्विन २०७८, आईतवार
sikandar cw zwXSU9Zvid

काठमाडौं, १० असोज । सिकन्दर राजाको अर्धशतक मद्दतमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा १५२ रनको टार्गेट दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको अन्तर्राष्ट्रिय खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो ।

विराटनगरको लागि सिकन्दर राजाले सर्वाधिक ६७ रन बनाए । जिम्बाब्बेका मध्ये क्रमका ब्याटर राजाले ४७ बलमा ७ छक्का र दुई चौका प्रहार गरे । यस्तै अनिल शाहले ३२ रन बनाए । उनले ३१ बलमा एक छक्का र तीन चौका हिर्काए । यस्तै सौरभ खनालले अविजित ३० रन बनाए । उनले १९ बलमा दुई छक्का र तीन चौका प्रहार गरेका थिए ।

विराटनगरका ओपनर आसिफ शेष र सुमित महर्जक डक आउट भएका थिए । टस जितेर बलिङ गर्ने निर्णय लिएको चितवनको लागि कप्तान सोमपाल कामी, कमल ऐरी, सागर ढकाल र करिम जन्नतले समान दुई दुई विकेट लिए । यस्तै शाहब आलमले एक विकेट हात पारे । आज हुने हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज एक आपसमा आमनेसामने हुनेछन् ।

भैरहवा शरद भेषवाकरको कप्तानीमा छ भने पोखराको विनोद भण्डारीले कप्तानी गर्नेछन् । शनिबारदेखि शुरु भएको ईपीएलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स इलेभनले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको थियो । ईपीएलको विजेताले ५० लाख पुरस्कार पाउँदा उपविजेताले १५ लाख पाउने छ । प्रतियोगिता २३ असोजसम्म चल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७