भाकपा उम्मेद्वार बनेका कन्हैया कुमार कंग्रेसमा प्रवेश गर्दै


१० आश्विन २०७८, आईतवार
kanhaiya Kumar

नयाँदिल्ली, १० असोज । भारतका चर्चित युवा राजनीतिज्ञ कन्हैया कुमार देशको पुरानो पार्टी भारतीय राष्ट्रिय कंग्रेस (कंग्रेस आई) प्रवेश गर्ने भएका छन् । यही २८ सेप्टेम्बरमा आयोजना हुने एक कार्यक्रममा कुमार कंग्रेस प्रवेश गर्न लागेका हुन् ।

सन् २०१९ को लोकसभा निर्वाचनमा भारतीय कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेद्वार बनेका कुमार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार नेता गिरिराज सिंहसँग पराजित भएका थिए ।

भारतका क्रान्तिकारी नेता भगत सिंहको जन्म जयन्तीका अवसरमा उनी कांग्रेस प्रवेशको तयारी गरेका हुन् । कन्यैयासँगै गुज्रातका स्वतन्त्र सांसद जिगनेश मेभानी पनि कंग्रेस प्रवेशको तयारी गरेका छन् ।

जहवारलाल नेहरू विश्वविद्यालयको विद्यार्थी युनियनका पूर्व अध्यक्ष कुमार अन्य नेतासँगै कंग्रेस प्रवेश गर्ने जनाइएको छ । उनको प्रवेशले देशको पुरानो पार्टी कंग्रेसलाई विहारमा जीवन्त दिने विश्वास गरिएको छ । भारतमा आगामी सन् २०२४ मा आम निर्वाचन हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७