सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव


१० आश्विन २०७८, आईतवार
nawajiwan hosp1632638270

धनगढी, १० असोज । धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । सुत्केरीको मृत्युपछि आफन्त विरोधमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको छ ।

धनगढी उपमहानगरपालिका–२ की २६ वर्षिय कल्पनासिंह मल्लको शनिबार राति मृत्यु भएको हो । मृतक महिलाका आफन्तले उपचारका क्रममा त्रुटि भएको आरोप लगाउँदै अस्पताल परिसर घेराउ गरेका छन् ।

उनका श्रीमान सुरेश मल्लका अनुसार चिकित्सकले नर्मल डेलिभरी हुन्छ भनेको तर आफन्तलाई जानकारी नगराई भ्याकुम प्रयोग गरी बच्चा निकालेको र शल्यक्रिया पश्चात उच्च रक्तश्राव भएको थियो । रक्तश्राव धेरै भएपछि उनको मृत्यु भएको थियो । आफन्तले दोषीलाई कारबाहीको माग गर्दै अस्पताल घेरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७