पाँच ‘स’ को सपना देखेर प्रचण्डसँग सहयात्रा तोडेका बाबुरामको राजनीतिक : पाँच वर्षमा चार पार्टी


१० आश्विन २०७८, आईतवार
Baburam Prachanda 1 1

काठमाडौं, १० असोज । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेता डा. बाबुराम भट्टराईले पाँच ‘स’ को सपना देखेर एकीकृत माओवादी त्यागेको ६ वर्ष पूरा भएको छ । संविधान जारी भएपछि मधेसमा विरोध प्रदर्शन भइरहेका बेला भट्टराईले ९ असोज २०७२ मा पत्रकार सम्मेलनमार्फत एकीकृत माओवादी त्यागेको घोषणा गरेका थिए ।

उनले एमाओवादी मात्र त्यागेनन्, तीन दशक लामो पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको राजनीतिक सहयात्रा पनि तोडे । संविधान घोषणा भएकै दिन संविधानसभा बैठकबाट बाहिरिँदा ‘अपूर्ण संविधान’ जारी गरेको बताएका उनले पाँच ‘स’ लाई आत्मसात गर्दै एमाओवादी त्यागेका थिए ।

उनले पाँच ‘स’ शान्ति, संविधान, सुशासन, समृद्धि र समाजवादी आफ्नो आगामी राजनीतिक एजेण्डा रहने बताएका थिए । एमाओवादीसँगै उनले संविधानसभा सदस्यबाट पनि राजीनामा दिएका थिए । गोरखा १ बाट प्रत्यक्ष निर्वाचित भट्टराईले एमाओवादीसहित संसद् सदस्यबाट राजीनामा दिएका थिए ।

भट्टराईको राजीनामा तुरुन्तै स्वीकृत

ललितपुरको सानेपमा बस्दै आएका भट्टराईले आफ्नो राजीनापत्र बोकाएर सुरक्षाकर्मीलाई प्रचण्ड निवास लाजिम्पाटमा पठाएका थिए । तर, प्रचण्ड भने सर्वदलीय बैठकमा सहभागी हुन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा थिए ।

भट्टराईले राजीनामा दिन लागेको कुरा बालुवाटारसम्म पुग्यो । यसपछि संविधानसभा (व्यवस्थापिका संसदका सभामुख) अध्यक्ष सुवास नेम्वाङ संविधानसभा भवन नयाँ बानेश्वर पुगे । त्यहीं पुगेका भट्टराईले संसद् सदस्यबाट राजीनामापत्र बुझाए । संविधानसभा अध्यक्ष नेम्वाङले तुरुन्तै स्वीकृत गरे । यसरी भट्टराई एकीकृत माओवादीसँग उनको सम्बन्ध टुटेको थियो ।

पाँच वर्षमा चार पार्टी

संविधानसभाबाट संविधान जारीसँगै डा. भट्टराई चार पार्टीमा आबद्ध भए । संविधान जारी गर्दा एकीकृत माओवादीमा रहेका उनले ९ असोज २०७२ मा सो पार्टी त्यागे । जेठ २०७३ मा नयाँ शक्ति पार्टी नेपाल स्थापना गरे । पछि नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच एकीकरण भयो ।

भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरमबीच एकीकरण गरेर समाजवादी पार्टी नेपाल गठन गरेका थिए । पछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच पार्टी एकता भयो । यी दुई पार्टीबीचको एकतापछि जनता समाजवादी पार्टी नेपाल गठन गरियो । अहिले भट्टराई अहिले जसपाको संघीय परिषद् अध्यक्ष छन् । न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७