जसले १०० दिनमा ८ लाख जनाको नरसंहार गरे


१० आश्विन २०७८, आईतवार
rwanda genocide e
RWANDAN REFUGEES CROSS RUSUMO BORDER INTO TANZANIA IN MAY 1994..

किगाली, १० असोज । सन् १९९४ को नरसंहारका प्रमुख नायिके तथा रूवान्डाली सेनाका पूर्व कर्णेलको मालीमा मृत्यु भएको थियो । थिवन्सटी बागोसोराको ८० वर्षको उमेरमा एक अस्पतालमा मृत्यु भएको हो । मुटुसँग सम्बन्धित समस्यापछि उनको उपचारका क्रममा एक अस्पतालमा मृत्यु भएको हो ।

नरसंहारको समयमा उनी रूवान्डाको रक्षामन्त्री थिए । राष्ट्रसंघको अपराधसम्बन्धी अदालतले बागोसोरालाई आजिवन कारावासको सजाय सुनाएको थियो । तर, पछि अर्को एक फैसलामा उनीमाथि लागेको सजाय घटाई ३५ वर्ष कायम गरिएको थियो ।

तुत्सी जातीय समुदायको विद्रोह दबाउन उनी मुख्य भूमिकामा थिए । एक सय दिन लामो नरसंहारमा करिव आठ लाख जनाको मृत्यु भएको थियो । मारिनेमध्ये अधिकांश तुत्सी समुदायका थिए । १९९४ को ६ अप्रिलमा एक समूहले रूवान्डाका तत्कालिन राष्ट्रपति जुभेनेल हावयारिमनाको गोली हानेर हत्या गरेपछि नरसंहार शुरु भएको थियो ।

सन् १९९६ मा पक्राउ परेका बागोसोरालाई अन्तर्राष्ट्रिय अदालतले मानवताबिरोधी अपराध गरेको अभियोगमा आजिवन कारावासको सजाय सुनाएको थियो । तीन वर्षपछि उनीमाथिको सजाय घटाएर ३५ वर्ष कायम गरिएको थियो । यसै वर्षको शुरुमा आफूलाई रिहाई गर्न उनको तर्फबाट गरेका वकिलको निवदेनलाई अदालतले अस्वीकार गरेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७