नेपालमा कोभिडविरुद्धको पूर्णखोप लगाउने २७ प्रतिशत पुगे


१० आश्विन २०७८, आईतवार
Corona china khop ktm 4 1619625919
फाइल फोटो

काठमाडौं, १० असोज । नेपालमा २७.६ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो २ बजेसम्ममा देशभर ३० प्रतिशतले आंशिक र २७.६ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् ।

मन्त्रालयका अनुसार खोपको पूर्ण मात्रा लगाउने कुल संख्या ६० लाख १४ हजार नौ सय ४१ छन् भने पहिलो मात्रा लगाउने ६५ लाख २८ हजार तीन सय ९२ पुगेका छन् । यस्तै खोप लगाउने महिलाको संख्या ३२ लाख नौ सय ९८ छ भने ४६ लाख नौ हजार ६ सय ६४ जना पुरुषले खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७